डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ४ मा पर्ने सुँ सामुदायिक वनमा जलनमा परेर घाइते भइ जिल्ला अस्पताल दुनैमा उपचारत तीन बालक मध्यका एक बालककाे मृत्यु भएकाे छ ।
बिहिवार दिउँसो ३ बजे तिर गुच्चीच्याउ खाेज्न वनमा गएकाे बेला सामुदायिक वनमा लागेकाे आगाेमा परि गम्भीर घाईते भएका १० वर्षिय सुलश बुढाकाे उपचारको क्रममा जिल्ला अस्पताल डाेल्पामा निधन भएकाे जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताए ।
डाक्टर उपाध्यायका अनुसार १२ वर्षिय बिबश बुढा, र १३ वर्षिय समन्त बुढाकाे भने उपचार भैरहेपनि उनिहरुकाे शरीरकाे ९० प्रतिशत भाग जलेकाे हुदा अवस्था गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ । जिल्ला अस्पतालमा जलन सम्बन्धि प्रयाप्त उपकरण नभएको हुदा अपेक्षा गरे अनुसारको उपचार गर्न नसकिएकाे चिकित्सकले बताएका छन।
आगलागीबाट घाईते बालकहरुलाई थप उपचारको लागि काठमाडौं लिन बिहीबार पहल भएपनि खराव माैसमकाे कारण उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।
प्रजिअ दाहालका अनुसार घाइते समन्त र विवशकाे थप उपचारकाे लागि काठमाडौं लिनकाे लागि हेलि आइरहेकाे पनि जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएको छ ।