ताजा समाचार

काँग्रेस ‘रबरजस्तो’ पार्टी भएको गोकुल बास्कोटाको टिप्पणी

डाेल्पान्युज

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई ‘रबरजस्तो—तन्किने तर नचुँडिने’ पार्टीको संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कांग्रेसभित्र वामपन्थी जार्गनयुक्त ‘बालहठ’भन्दा मध्यवामपन्थी संस्कारयुक्त ‘लुब्रिकेन्ट’ हाबी रहेको टिप्पणी गरेका छन्।
बास्कोटाका अनुसार कांग्रेसमा मातृका प्रसाद कोइराला र शेरबहादुर देउवा अपवाद हुन्। उनले देउवामाथि पार्टी मात्र होइन, लोकतन्त्र नै दरबारमा बुझाएको आरोप समेत लगाए। साथै, कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेन्डा सही देखिए पनि उनीहरू देउवाको ‘४० प्रतिशत मार्ग’ त्याग्नुपर्ने उनको भनाइ छ।
नेता बास्कोटाको यो टिप्पणी कांग्रेसभित्रको वैचारिक र नेतृत्वगत बहसलाई लक्षित गर्दै गरिएको उनको फेसबुक स्टाटसबाट सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया