ताजा समाचार
आर्थिक वर्ष सकिनुअघि डोल्पाको सामाजिक विकास कार्यालयले सबै भुक्तानी सम्पन्न,

सामाजिक विकास कार्यालय डाेल्पाकाे ८३ प्रतिशत वित्तीय प्रगति

विष्णुप्रसाद देवकोटा
डोल्पा।सामाजिक विकास कार्यालय डाेल्पाले आर्थिक बर्ष २०८२/०८३ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन तर्फ ८३ प्रतिशत वित्तीय प्रगति गरेकाे छ ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय डोल्पाले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन भएका योजना र कार्यक्रमहरूको निर्धारित समयभित्र सबै वित्तीय कारोबारको भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
कार्यालयका प्रमुख दुर्गाराज विष्टद्वारा हस्ताक्षरित असार २५ गते जारी गरेको सूचना मार्फत समयमै योजना कार्यान्वयन तथा भुक्तानी सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति आभार व्यक्त समेत गरेको छ ।
कार्यालयका अनुसार बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानीय तह, उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी, विकास साझेदार संस्था, सरकारी कार्यालय, सञ्चारकर्मी, पत्रकार, नागरिक समाज तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण डोल्पालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।
कार्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि यही प्रकारको सहकार्य, समन्वय, सकारात्मक सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म चालुतर्फ ८५ प्रतिशत, पुँजीगततर्फ ८० प्रतिशत तथा समग्रमा ८३ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएकाे छ ।

तपाईको प्रतिक्रिया