विष्णुप्रसाद देवकोटा
डाेल्पा । रूकुम पश्चिमको त्रिवेणीदेखि डाेल्पा मुडकेचुलाकाे खर्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप दुर्घटनामा परेको छ।
मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा जिप एकाएक ब्रेक फेल भएर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि रूकुम पश्चिमको चौरजहारीतर्फ पठाइएको वडानम्वर १ का अध्यक्ष पवन बुढाले जानकारी दिए। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।घटनास्थल तर्फ प्रहरी गइरहेको र १/२ घण्टापछि विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

डोल्पा न्यूज । २१ बैशाख २०८३, सोमबार १८:५१