प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरू यतिबेला घरदैलो, नाराबाजी र मत माग्ने दौडमा व्यस्त छन्। तर यही भीड र प्रतिस्पर्धाको बीचमा युवा तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाक्षेत्री भने फरक दृश्यमा देखिएका छन्।
उनी प्रचारभन्दा पहिला मानवीय दायित्व रोज्दै जिप दुर्घटनामा घाइते भएकाहरूलाई अस्पतालमै पुगेर भेटेका छन्। उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
चुनावी माहोल चर्किरहेको बेला मत माग्नुभन्दा अघि पीडितको आँसु पुछ्ने प्रयासलाई धेरैले सकारात्मक संकेतका रूपमा लिएका छन्। राजनीति केवल भाषण र आश्वासनमा सीमित नभई दुःखको घडीमा साथ उभिन सक्ने संवेदनशीलता पनि हो भन्ने सन्देश बुढाक्षेत्रीको यो कदमले दिएको छ ।
डाेल्पामा अरु चुनावी प्रचारमा, प्रलाेपाका बुढाक्षेत्री पीडितसँग अस्पतालमा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २९ माघ २०८२, बिहीबार २०:१२