ताजा समाचार

डाेल्पाकाे माझफालमा स्काभेटर दुर्घटनाः घरमा क्षति

डोल्पाको ठुलिभेरी नगरपालिका–५ माझ्फालमा सोमबार दिउँसो सडक निर्माणका क्रममा भोल्भो स्काभेटर दुर्घटनामा परेको छ। सडक खन्ने क्रममा सन्तुलन गुमाउँदा स्काभेटर चिप्लिएर तल रहेको स्थानीयको घरमा ठोक्किएको हो।

दुर्घटनामा स्थानीय वीरबहादुर बोहोराको घरमा आंशिक क्षति पुगेको छ। स्काभेटर घरमा बज्रिँदा घरको केही भाग भत्किएको तथा मेसिनमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। यद्यपि, मानवीय क्षति नभएकाले ठूलो दुर्घटना टरेको छ।

घटनापछि उत्पन्न विवाद समाधानका लागि ठेकेदार तेजिन्द्र कार्कीले क्षतिग्रस्त घर आफ्नै खर्चमा पूर्ण रूपमा मर्मत गरिदिने प्रतिबद्धता जनाउनुभएको छ।

उहाले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना नदोहोरिने गरी थप सावधानी अपनाइने आश्वासन दिनुभएको छ।सडक निर्माणका क्रममा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया