विष्णुप्रसाद देवकोटा
डोल्पा । नेकपा एमाले डोल्पाका जिल्ला कमिटी सदस्य जुनी बुढाले आफूविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको प्रचार प्रति गम्भीर आपत्ति जनाउँदै घोर भत्सर्ना रहेको स्पष्ट पारेकी छन्।
जगदुल्ला गाउँपालिका–६ डोल्पाकी बुढाले मिति फागुन १४ गते एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको आधिकारिक सदस्य तथा जिल्ला कमिटीमा सक्रिय रहेको बताएकी छन्।चुनावी घरदैलो कार्यक्रमकाे क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १३ गते आयाेजना गरेकाे कार्यक्रममा उपस्थित भई पार्टी प्रवेश गरेको भन्ने हल्ला पूर्णतः असत्य भएको उनको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, “उक्त कार्यक्रममा म उपस्थित नै नभएको र मेरो नाम नै लेखेर अन्य पार्टीमा प्रवेश गरेको भनी प्रचार गरिएको विषय सरासर भ्रमपूर्ण हो।” उनले यस्ता आधारहीन प्रचारप्रति आपत्ति जनाउँदै यथार्थ बुझ्न सबैमा आग्रह गरेकी छन्।
बुढाले आफ्नो नाम जोडेर गरिएको भ्रमपूर्ण प्रचारको घोर भर्त्सना गर्दै सत्यतथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न सम्बद्ध पक्षलाई आग्रहका साथ सचेत गराएकी छन्।

डोल्पा न्यूज । १४ फाल्गुन २०८२, बिहीबार १२:४५