
डोल्पा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहान ५:०० बजेसम्म ३ हजार ७५ मत गणना सम्पन्न भएको छ।
हालसम्मको गणनाअनुसार कूल सदर मत २ हजार ९६४ र बदर मत १११ रहेको छ।प्राप्त मत परिणाम अनुसार धनबहादुर बुढा (तारा) – नेपाली कम्युनिस्ट पार्टी: २०९४ कर्णबहादुर बुढा (रुख) – नेपाली कांग्रेस: ४२७ लंकबहादुर रोकाया (सूर्य) – नेकपा एमाले: ३४१ देवसिंह ऐडी (घण्टी) – राष्ट्रिय स्वतन्त्र पार्टी: ८४ हरीप्रसाद डांगी (हलो) – राष्ट्रिय प्रजातन्त्र पार्टी: ५ ओमेन्द्र के.सी. (प्रेसर कुकर) – स्वतन्त्र: १
विकास बुढा (आँखा) – प्रगतिशील लोकतान्त्रिक पार्टी: ३ दिलबहादुर बिष्ट (बत्ती) – उज्यालो नेपालले ९ मत ।हालसम्मको मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा फराकिलो मतान्तर सहित अग्रस्थानमा रहेका छन्।

डोल्पा न्यूज । २३ फाल्गुन २०८२, शनिबार ०५:३१