ताजा समाचार

एमालेमा ओलीको विकल्प खोज्ने बेला होइन, साथ दिएर अघि बढ्ने बेला हो : बोहरा

डोल्पा । नेकपा एमालेका डोल्पा इन्चार्ज बदमी बोहराले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नेभन्दा साथ दिएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राखेकी छन ।
नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बोहराले राष्ट्रिय महाधिवेशनबाट भारी मतका साथ निर्वाचित भएर पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष ओलीको विकल्प तत्काल खोज्नुपर्ने अवस्था नरहेको बताइन।
“नेतृत्वको विकल्प नेतृत्व नै हो। अहिले कमरेड केपी शर्मा ओलीको विकल्प खोज्नेभन्दा उहांलाई साथ दिएर पार्टीलाई अघि बढाउनुपर्छ,” बोहराको भनाइ थियो।
उहाँले पछिल्लो समय जनतासँग टुटेको पार्टीको सम्बन्धलाई पुनः मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या, अपेक्षा र गुनासो सुन्ने तथा पार्टी र जनताबीचको सम्बन्धलाई पुनः जीवन्त बनाउनुपर्ने उनको धारणा थियो।
बोहराले आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनलाई केन्द्रमा राखेर पार्टीलाई अहिलेबाटै एकताबद्ध र सुदृढ बनाउनुपर्ने सुझावसमेत दिएकी छन।
“आगामी निर्वाचनलाई ध्यानमा राखेर पार्टीभित्रको एकता मजबुत बनाउँदै संगठनलाई जनतासँग जोडेर लैजानुपर्छ धारणा बाेहराले बैठकमा राखेकी हुन।
बोहराले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिइन।

तपाईको प्रतिक्रिया