भ्यान दुर्घटनामा तीन जना निर्वाचन प्रहरी सहित सात जना घाईते भएका छन् । विहिवार दिउँसो १२ बजे तातोपानी-६ धौलापानी स्थित कर्णाली राजमार्गमा जुम्लादेखि नाग्म जादै गरेको भे १ ज ८१८ नम्बरको ईलोक्टोनिक भ्यान (ईभि) दुर्घटना भएको हो ।
भ्यान अनियन्त्रित भई सडक छेउमा रोकि राखेको क.प्र.०२-००१ त ०१९० नं.को ट्रयाक्टरमा ठोक्किदा सडकबाट करिब ४० मिटर तल बारीमा खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडिमा सवार चालक सहित ७ जना घाईते भएका हुन् । घाईते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ । घाईते धर्मेन्द्र रोकाया र मेनुका बुढाको अबस्था गम्भीर छ ।
प्रहरी चौकी हाँकुले घाईतेको उद्वार गरी प्रतिष्ठान पठाएको हो ।दुर्घटनामा चालक तातोपानी गाउँपालिका वडा नं. २ बाबिरा बस्ने बर्ष १९ को लोकेश खड्काको खुट्टा र आँखामा चोट लागेको छ ।
भने तिला गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ कि मेनुका बुढाको निधार र ढाडमा चोट लागेको छ । भने उनको अबस्था गम्भीर रहेको छ ।
त्यस्तै पातारासी गाउँपालिका वडा नं. ४ लुम बस्ने बर्ष ३१ कि माया नेपालीको टाउकोमा भित्री चोट अवस्थामध्यम रहेको,तातोपानि गाउँपालिका वडा नं. ३ लिताकोट बस्ने बर्ष ४८ कि पुनि सुनारको छातिमा चोट अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
साथै तिला गाउँपालिका वडा नं. २ बस्ने बर्ष २० को टेकेन्द्र रावतको सामान्य चोट अवस्था सामान्य (निर्वाचन प्रहरी) ।
तिला-२ कै २० को पारस रावत, र हिमा गाउँपालिका वडा नं. २ बस्ने बर्ष २१ को धर्मेन्द्र रोकायाको मुखमा चोट अवस्था रहेको डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए । चालक सहित ३ जना निर्वाचन प्रहरी लगायत सात जना घाईते भएका हुन् ।

डोल्पा न्यूज । ७ फाल्गुन २०८२, बिहीबार १५:२६