ताजा समाचार

डोल्पाबाट धनबहादुर बुढाको लगातार चौथो जित

विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन्।
बुढाले ६ हजार ८ सय २ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायालाई १ हजार ४ सय ६ मतान्तरले पराजित गरेका हुन्। रोकायाले ५ हजार ३ सय ९६ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२, स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले ५४ मत प्राप्त गरेका छन्।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढाले २१, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्टले ११ र मितेरी पार्टी नेपालकी उम्मेदवार जुनु भण्डारीले २ मत प्राप्त गरेकी छन्।
यस जीतसँगै बुढा डोल्पाबाट लगातार चौथो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। यस पटक उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आफ्नै सहोदर दाइ कर्णबहादुर बुढालाई समेत पराजित गरेका हुन्।
यद्यपि मतगणनाबाट बुढा विजयी भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२४ हजार ११५ मतदाता रहेकाे डाेल्पामा खसेको मत १६०१९ मध्येमा १५ हजार ५०६ मत सदर भएका छन भने ५१३ मत बदर भएकाे सहायक निर्वाचन अधिकृत विदुर प्रसाद काेइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया