डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् ।
बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।
अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।
उनीविरुद्ध नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले गत २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै एक दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
एक लाख धराैटीमा रिहा भए डाेल्पा कांग्रेस उपसभापति शाही
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ५ जेष्ठ २०८३, मंगलवार ११:४८