ताजा समाचार

अन्नादुलामा सुख्खा पहिरो, भेरी करिडोर सडक पूर्ण अवरुद्ध

फाइल तस्वीर

डाेल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, अन्बेदुलामा सुख्खा पहिरो खस्दा भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान १०ः२० बजेदेखि सडकमा सुख्खा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय करवगार्ड, डोल्पाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग आवश्यक पहल तथा समन्वय भइरहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक खुल्न समय लाग्न सक्ने भएकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया