ताजा समाचार

डाेल्पाकाे ठुलीभेरीमा क्षयरोग खोजपड्ताल तीव्र: १ सय १६ जनाको भयाे खकार परीक्षण

विष्णुप्रसाद देवकोटा

डोल्पा । ठुलीभेरी नगरपालिका स्वास्थ्य शाखाद्वारा सञ्चालन गरिएको क्षयरोग (टिबी) खोजपड्ताल कार्यक्रम वडा नम्बर ६ मा सम्पन्न भएको छ। मिति २०८२ साल चैत्र १५ गतेदेखि सुरु गरिएको उक्त अभियान चैत्र २० गते वडा नम्बर ६ मा पुगेर सम्पन्न भएको हो।

कार्यक्रममा शङ्कास्पद व्यक्तिहरूको पहिचान गरी ११६ जनाबाट खकार नमुना सङ्कलन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको यस अभियानसँगै ग्रामीण क्षेत्रमा गर्भवती महिलाहरूका लागि दोस्रोपटक भिडियो एक्सरे सेवा पनि प्रदान गरिएको छ। जसमा आठ जना गर्भवती महिलाले सेवा लिएका छन्।

यसै अवसरमा सिटिजन्स बैङक लिमिटेड  जुफाल उपशाखाले ठुलीभेरी नगरपालिकासँगको समन्वयमा आफ्नो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमार्फत १०० भन्दा बढी महिला, जेष्ठ नागरिक, अशक्त तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजनकुमार डाँगीका अनुसार चालु आर्थिक वर्षमा सबै वडामा समेटिने गरी समुदायस्तरमा स्वास्थ्य कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। उनले विभिन्न चुनौती र कठिनाइका बावजुद पनि दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन निरन्तर प्रयास भइरहेको बताए।

तपाईको प्रतिक्रिया