
विष्णुप्रसाद देवकोटा
डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–९ स्थित पुग्मो गाउँमा नेपाल टेलिकमको दोस्रो पुस्ताको मोबाइल सेवा (२जी) सञ्चालनमा आएको छ। नेपाल टेलिकमको पुग्मोस्थित टावरमा भूउपग्रहमा आधारित सञ्चार प्रविधिमार्फत सेवा सञ्चालन गरिएको हो।
दुर्गम भूगोल र छरिएका बस्तीका कारण सञ्चार सेवाको पहुँचमा कठिनाइ भोग्दै आएका पुग्मोवासीका लागि सेवा सञ्चालनसँगै टेलिफोन सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।
जनक डाँगी, तुल केसी, प्रिय राज सुवेदी, कुमार गिरीलगायत प्राविधिककाे टाेलिले 2G सेवा संचालनमा ल्याएकाे हाे।
त्यसैगरी, सेवा सञ्चालनका लागि आवश्यक समन्वयमा विशेष भूमिका निर्वाह गर्ने सुजित मल्लप्रति शे फाेक्सुण्डाे गाउँपालिकाले विशेष धन्यवाद व्यक्त गरेकाे छ।
आगामी दिनमा पनि जिल्लाका सञ्चार सुविधाबाट वञ्चित बस्तीमा सेवा विस्तार हुने अपेक्षा समेत पालिकाले गरेकाे छ।

डोल्पा न्यूज । २५ आश्विन २०८३, आईतवार ११:२०