
विष्णुप्रसाद देवकोटा
डोल्पा । ठुलीभेरी नगरपालिका–२ कुम्ली गाउँस्थित भिरपाखाेबाट लडेका १२ वर्षीय बालक अमृत रोकाय मृत अवस्थामा फेला परेका छन्।
ठुलीभेरी नगरपालिका–२ लोचा निवासी रमेश रोकायका छोरा अमृत आफ्ना आमाबुबासँग घाँस काट्न गएको अवस्थामा असोज १७ गते कुम्ली गाउँस्थित भिरपाखाबाट लडेका थिए।
बालक भिरबाट लडेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक पदम रावलको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ४६ बाट खटिएको संयुक्त सुरक्षा टोलीले स्थानीयवासीको सहयोगमा खोजी गरेको थियो।
खोजीका क्रममा बालकलाई असोज १८ गते बिहान ठुलीभेरी नगरपालिका–२ स्थित जैरीघाट खोलाको बीचमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
डाेल्पमा भीरबाट लडेका १२ वर्षीय बालकको शव खोलामा फेला
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १८ आश्विन २०८३, आईतवार ११:५६