बाँके । नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन तथा साधारण सभाबाट कमल खत्रीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ।
अधिवेशनबाट अध्यक्षमा कमल खत्री निर्वाचित भएका छन्। यस्तै खुला उपाध्यक्षमा खड्क खत्री, महिला उपाध्यक्षमा निशा शाह र समावेशी उपाध्यक्षमा अरसत शेष राई निर्वाचित भएका छन्।
त्यसैगरी सचिवमा भीष्म प्रसाद लोध, समावेशी सहसचिवमा अभिषेक गुप्ता, महिला सहसचिवमा सावित्री परियार तथा कोषाध्यक्षमा सिदार्थ पाण्डे निर्वाचित भएका छन्।
महिला उपाध्यक्ष निशा शाह
नयाँ कार्यसमितिको सदस्यमा प्रेम सिंह एसके, कुलेन्द विश्वकर्मा, अमित गुप्ता, लिला चौधरी, निर्मल गोसाई, विनोद कुमार बर्मा र सौरभ राणा निर्वाचित भएका छन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिताको संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
पत्रकारहरु सम्मानित 
उक्त अबसरमा नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको सुशिल कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका पुर्बअध्यक्ष समिरजंग शाह, पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष हरिहर बिरही, जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव एवम पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कारबाट दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बश्याल र प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत पत्रकार लिला चौधरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

डोल्पा न्यूज । ६ भाद्र २०८३, शनिबार २१:१५