ताजा समाचार

डाेल्पाका ७० मतदान केन्द्र मध्ये ५ मतदान केन्द्रमा  अझै शुरु भएन मतदान 

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डाेल्पाका ५ मतदान केन्द्रमा अझै मतदान शुरु भएकाे छैन ।

७० वटा मतदान केन्द्र मध्ये ६५ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

अहिलेसम्म तथ्यांकअनुसार ६५ वटा मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डाेल्पाका सुचना अधिकारी टाेपेन्द्र बुढामगका अनुसार शे-फाेक्सुन्डाे गाउँपालिकामा पर्ने कु गाउँ,कराङ्,फाेत,भिजेर र पुग्माे  मतदान केन्द्रमा अझै मतदान सुरु नभएको हाे।

अत्यधिक चिसाेका कारण मतदान सुरुहुन नसकेको बताइएको छ ।डाेल्पामा २४ हजार १ सय १५ मतदाता छन ।११ हजार ९ २८ पुरुष र १२ हजार १ सय ८७  महिला मतदाता छन ।

तपाईको प्रतिक्रिया