डोल्पा, असार १४ – हिमाली जिल्ला डोल्पाको सुलीगाड खोलामा आइतबार एक बेवारिसे शव फेला परेको छ।
जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्का स्थित सुलीगाड खोलामा स्थानीयवासीले बिहान करिब ११ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए।
प्रहरीका अनुसार घटनास्थलमा पुगेर शवको मुचुल्का, पहिचान तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। शवको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १४ असार २०८३, आईतवार १२:३९