डोल्पामा चैते दशैंको मेला हेरेर फर्किने क्रममा दुई समूह बीच झडप हुँदा ८ जना घाईते भएका छन् ।
चैते दशैंको अवसर पारेर जिल्लाकै प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने मेला हेरेर फर्किने क्रममा त्रिपुरासुन्दरी नगरपालिका–११ भुमीखोला क्षेत्रमा हुम र मुहु गाउँका स्थानीयबीच घोडा–घोडा ठोक्किने विषयमा सामान्य विवादपछि दुई गाउँका युवाबीच झडप हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहीबार राति करिब १ बजे त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरेर घर फर्किने क्रममा हुम र मु गाउँका स्थानीयबीच घोडा–घोडा ठोक्किने विषयमा सामान्य विवाद भएको थियो। सोही विषयले उग्र रूप लिँदा दुई समूहबीच झै–झगडा हुँदा हुम गाउँका १७ वर्षीय सुवास रावल, जितेन्द्र रावल, १६ वर्षीय दिपेन्द्र रावल, २२ वर्षीय सन्तोष रावल, २७ वर्षीय खेलेन्द्र रावल, र २० वर्षीय कर्ण रावल घाइते भएका हुन।

डोल्पा न्यूज । १३ चैत्र २०८२, शुक्रबार १४:४०