विष्णुप्रसाद देवकोटा
डोल्पामा जन्मिएको नवजात शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेना को हेलिकप्टरमार्फत आकस्मिक उद्दार गरिएको छ।
२०८२ फागुन ४ गते बिहान ९ः५२ बजे सेनाको एनए–०५५ नम्बरको हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।
ठुली भेरी नगरपालिका–८ निवासी १८ वर्षीया करुणा डाँगीले जुफाल स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन्। सुत्केरीपछि नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि डोल्पा जिल्ला अस्पताल, दुनैमा ल्याइएको थियो ।
जिल्ला अस्पतालले शिशुलाई सघन उपचार कक्षमा राख्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश अस्पताल सुर्खेत रिफर गरेको गरेपछि हेलिकप्टर मार्फत सुत्केरी सहित नवजात शिशुलाई सुर्खेत लगिएको जिल्ला अस्पताल डाेल्पाले जनाएकाे छ।

डोल्पा न्यूज । ४ फाल्गुन २०८२, सोमबार ११:२५