ताजा समाचार

भेरी करिडोरको सडक पहिरो हटाएपछि सञ्चालनमा

विष्णुप्रसाद देवकोटा
डोल्पा ।भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुपानी–राताढुस्का क्षेत्रमा खसेको सुख्खा पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ।
पहिरोका कारण केही समय सडक अवरुद्ध हुँदा सदरमुकाम दुनैतर्फ जाने तथा त्रिपुरासुन्दरीतर्फ आउने सवारीसाधन दुवैतर्फ रोकिएका थिए।
अस्तिदेखि परेको अविरल वर्षाका कारण भिजेको जमिन आज घाम लागेपछि पग्लिँदा सुख्खा पहिरो खसेको थियाे ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार सडक खुलाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया