विष्णुप्रसाद देवकोटा
डोल्पा । मुड्केचुला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० करोड ४० लाख ४० हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट पारित गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष दुदा रोकायाले प्रस्तुत गरेको बजेट सोमबार गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।
गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई विशेष प्राथमिकता दिइएको छ। बजेटले समावेशी विकास, आधारभूत सेवा विस्तार र नागरिकको जीवनस्तर सुधारलाई मुख्य लक्ष्य बनाएको उनले बताए।
अध्यक्ष शाहीले गाउँपालिकाको दोस्रो कार्यकालको अन्तिम वर्ष भएकाले बजेट विनियोजनमा कुनै पनि क्षेत्र वा बस्तीप्रति विभेद नगरी आवश्यकता र समानुपातिक विकासका आधारमा रकम छुट्याइएको स्पष्ट पारे। “हामीले सबै वडालाई समान दृष्टिकोणका साथ आवश्यकता अनुसार बजेट विनियोजन गरेका छौं,” उनले भने।
उनले केही प्राविधिक कारणले संविधानले तोकेको असार १० गते बजेट प्रस्तुत गर्न नसकिएको उल्लेख गर्दै असार १५ गते गाउँसभामा बजेट पेश गरी पारित गरिएको जानकारी
डाेल्पा मुड्ड्केचुला गाउँपालिकाकाे बजेट ४० करोड
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १५ असार २०८३, सोमबार १८:२४