
विष्णुप्रसाद देवकोटा
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा श्रद्धालु तथा शुभेच्छुकहरूले उत्साहजनक रूपमा नगद सहयोग गरेका छन्।
महायज्ञमा थानेश्वर पनेरुले २१ हजार, रत्न कुलालले २१ हजार, नरभूम शाहीले ११ हजार १ सय ११, भानुभक्त उपाध्यायले ५ हजार १ सय ५५, तेर्छु निर्माण सेवा प्रालिका ओम रोकाले १० हजार १ सय, हरिप्रसाद रोकायाले ५ हजार ५ सय ६५ र टिकादत्त न्यौपानेले १ लाख २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै नन्दबहादुर शाहीले ५ हजार १ सय, बवि किशोर गुरुङले १० हजार १ सय २५, यज्ञप्रसाद उपाध्यायले १० हजार १ सय ५, गंगालक्ष्मी उपाध्यायले १० हजार १ सय ५, मनलक्ष्मी देवकोटाले ५ हजार ५ सय, हरिचन्द्र हमालले ११ हजार ५, रामप्रसाद देवकोटाले ११ हजार ५५ र रामबहादुर गुरुङले ५ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी सर्जन राज श्रेष्ठले ११ हजार १ सय ११, दीपक खड्काले ५ हजार १ सय, चन्द्र खड्काले ५५ हजार ५ सय ५५, विष्णुकान्त न्यौपानेले ११ हजार, युवराज पुनले ५ हजार ५०, बसन्ती रोकाया शर्माले दुई पटक गरी ५ हजार ५० रुपैयाँका दरले जम्मा १० हजार १ सय, दरी कठायतले ५ सय ५, बाले बोहोराले ५ हजार ५ सय ५५, कमल बुढाले १० हजार १ सय ५०, काब्या श्री हमालले ५ हजार ५ सय र रिठे सार्कीले १ हजार ५ रुपैयाँ सहयोग गरेका छन्।
महायज्ञमा २१ हजार देखि १ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दानदाताहरुलाई विशेष सम्मान गरिएकाे थियाे । एकलाख एक्काईश हजार दान गर्ने टिकादत्त न्यौपाने लाई ‘सभानायक’ अर्थात् ‘दानवीर’ घोषणा गरी पञ्चेबाजागाजासहित यज्ञ परिसरको प्रदक्षिणा गराएर विशेष सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस्तै ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने चन्द्र खड्कालाई समेत विशेष सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको छ।अन्य सम्पुर्ण सहयाेग गर्ने दाताहरुलाई पनि प्रमाणपत्र अबिर टीका सहित सम्मान गरिएकाे छ ।
सम्मानित दानदातहरुलाइ महायज्ञ मुख्य ब्यवस्थापक तथा कथाबाचक ईश्वर रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
महायज्ञलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, बालात्रिपुरासुन्दरी भगवती मन्दिरको पूर्वाधार निर्माण तथा समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ। महायज्ञमा स्थानीयदेखि बाहिरी जिल्लासम्मका श्रद्धालु तथा शुभेच्छुकबाट सहयोग जुट्ने क्रम जारी छ।

डोल्पा न्यूज । १८ भाद्र २०८३, बिहीबार २३:०५