नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति एमाले डोल्पाले कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
नेपाल कम्युनिस्ट पाटी एमाले जिल्ला कमिटी डोल्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनालाई गैरसंवैधानिक, प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्यविपरीत कार्य भएको जनाएको छ।
एमालेले यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै लोकतान्त्रिक अभ्यासमाथि आक्रमण भएको आरोप लगाएको छ।
जननिर्वाचित सरकार र संसद विघटन गर्दै असंवैधानिक बाटोबाट अघि बढेको सरकारद्वारा यस्तो कदम चालिएको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ।
जिल्ला कमिटीले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न र प्रतिशोधपूर्ण गतिविधि बन्द गर्न माग गरेको छ।यस्ता कदमविरुद्ध आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्न तयार रहन पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आह्वान समेत गरिएकाे अध्यक्ष लंक राेकायाद्वारा हस्ताक्षरित जारि विज्ञप्तिमा उल्लेख छ ।

डोल्पा न्यूज । १४ चैत्र २०८२, शनिबार १७:१२