ताजा समाचार

डोल्पामा चैत महिनामा ५ मुद्दा दर्ता, १ हजार १०२ सेवाग्राही लाभान्वित 

डोल्पा । जिल्ला प्रहरी कार्यालय, डोल्पाले २०८२ साल चैत महिनामा सम्पन्न कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार सो अवधिमा ५ वटा मुद्दा दर्ता भएका छन् भने ४ जना प्रतिवादी रहेका छन्।

प्रहरीका अनुसार महिला, बालबालिका तथा नागरिकतर्फ १ वटा उजुरी फर्छ्योट गरिएको छ। हराएका तथा फेला परेका नागरिकतर्फ २ वटा निवेदन परेकोमा १ जना फेला पारिएको जनाइएको छ।

उजुरी व्यवस्थापनतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा १३ वटा उजुरी परेको र तीमध्ये अधिकांश फर्छ्योट गरिएको छ। यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत ४ वटा उजुरी प्राप्त भएको छ।

अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। साथै लामो दूरी गस्ती र छोटो दूरी गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा नियमित गस्तीलाई तीव्रता दिइएको प्रहरी नायव उपरीक्षक रुकबहादुर  खड्काले जानकारी दिए ।प्रनाउ खड्काका अनुसार एक महिनामा ११ पटक लामो दूरी गस्ती, १६० पटक छोटो दूरी गस्ती, ५१८ पटक पिकेट ड्युटी, ५०० पटक चेकजाँच तथा ३७८ पटक ग्रामीण गस्ती समेत सञ्चालन गरिएको छ।

सवारी दुर्घटनातर्फ २ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा २ वटा सवारी साधन संलग्न रहेका छन् भने १ जनाको मृत्यु भएको छ। चेकजाँचका क्रममा ३६ वटा कारबाही गरी २८ हजार १०० रुपैयाँ राजस्व संकलन गरिएको जनाइएको छ।

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत ३६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। ती कार्यक्रममा ५१६ जना सहभागी भएका छन् भने विद्यालयस्तरमा २१० जना विद्यार्थी सहभागी भएका छन्।

प्रहरी कार्यालयको हटलाइन तथा ड्युटी कक्षमा एक महिनामा १०१ वटा फोन आएका छन्। साथै नागरिक सहायता कक्षमार्फत १ हजार १०२ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ।

यस्तै बेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।प्रहरी कार्यालयले प्रत्येक महनाकाे अन्त्यसंगै मासिक प्रगति विवरण समीक्षात्मक सार्वजनिक गर्ने गरेकाे छ ।

तपाईको प्रतिक्रिया