ताजा समाचार

केपी शर्मा ओलीको पक्राउ विरुद्ध डोल्पामा एमालेको प्रदर्शन, रिहाइको माग

विष्णुप्रसाद देवकोटा ।

केपी शर्मा ओलीको पक्राउविरुद्ध हिमाली जिल्ला डोल्पामा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ।

नेकपा एमाले डोल्पाको आयोजनामा सदरमुकाम दुनै बजारमा प्रदर्शन गर्दै कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले “असक्षम गृहमन्त्री राजीनामा दे”, “ओलीलाई बिना सर्त रिहा गर”, “कानुनी राज्यको पालना गर” र “नेकपा एमाले जिन्दावाद” जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।

यसैबीच, तत्काल सरकारको नियन्त्रणमा रहेका ओलीलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा समेत नाराबाजी गरेका छन्।

एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकायाले प्रमुख जिल्ला अधिकारी जुनु ढकाल हमाललाई विरोधपत्र बुझाउँदै ओलीको गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनविपरीत भएको बताएका छन्। उनले उक्त गिरफ्तारी बदनियतपूर्ण भएको भन्दै घोर भर्त्सना गरेका छन्।

विरोध प्रदर्शनमा नेकपा एमालेका शुभेच्छुक तथा भातृ संगठनका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया