ताजा समाचार

डाेल्पाकाे ठुलीभेरीमा कांग्रेसको पकड बलियो बन्दै :थाला र लाेचाका १६ जनाले गरे प्रवेश

डाेल्पा ।

डोल्पाको ठुलीभेरी नगरपालिका मा नेपाली कांग्रेसप्रति आकर्षण बढ्दो देखिएको छ।

चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा १ नम्बर वडा थाला र २ नम्बर वडा लोचाबाट १६ जना नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कर्ण बहादुर बुढा को उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो।

ठुलीभेरी–१, थाला गाउँबाट तत्कालीन समाजवादी पार्टी परित्याग गरी चन्द्र बहादुर रोकाया, इन्द्र बहादुर रोकाया, मतिकला रोकाया, लोकेन्द्र विक, निर्मला विक, बुद्धि विक, कुविर विक, चिना कुमारी कामी, सुकर रोकाया र सार्के विक कांग्रेसमा प्रवेश गरेका छन्।

यस्तै ठुलीभेरी–२, लोचा गाउँबाट साविक नेकपा माओवादी केन्द्र परित्याग गरी बम बहादुर रोकाया, पशुपति रोकाया, सुस्मिता बुढा, राज बहादुर भण्डारी, सुरेश रोकाया र सम्सेर रोकाया कांग्रेसमा आबद्ध भएका हुन्।

चुनावी माहोल तातेसँगै ठुलीभेरी क्षेत्रमा कांग्रेसको जनलहर थप सशक्त बन्दै गएको दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया