डोल्पा । नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य हंशबहादुर शाही ले राजनीतिमा युवा पुस्तालाई विशेष अवसर र नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
हालै पार्टीले आफूलाई दिएको पर्यटन विभागको जिम्मेवारी अस्वीकार गर्दै नेता शाहीले पार्टी नेतृत्वलाई पत्र बुझाएका छन्। उक्त पत्र सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।
पत्रमा शाहीले आफूलाई पर्यटन क्षेत्रको पर्याप्त अनुभव र रुचि नभएको स्पष्ट उल्लेख गर्दै सो जिम्मेवारी सक्षम, दक्ष र युवा पुस्तालाई दिन आग्रह गरेका छन्। पद र शक्तिमा लामो समयसम्म टाँसिइरहने राजनीतिक प्रवृत्तिबीच शाहीको यो कदमलाई नैतिकता, जिम्मेवारीबोध र योग्यता प्रणालीको उदाहरणका रूपमा हेरिएको छ।
विशेषगरी भौगोलिक रूपमा विकट तर राजनीतिक रूपमा सचेत जिल्ला डोल्पाबाट प्रतिनिधित्व गर्ने नेताले युवा नेतृत्वको पक्षमा खुलेर धारणा राख्नुले पार्टीभित्र पुस्तान्तरणको बहसलाई थप बल पुर्याएको छ। राजनीतिमा नयाँ पुस्तालाई अघि बढाउने शाहीको धारणा अहिले सकारात्मक सन्देशका रूपमा चर्चा भइरहेको छ।
पर्यटन विभागको जिम्मेवारी अस्वीकार गर्दै नेता शाहीले भने, “अब युवालाई बाटो छोड्नुपर्छ”
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २८ बैशाख २०८३, सोमबार १८:४०