ताजा समाचार

नयाँ मन्त्रिपरिषद् गठन : प्रधानमन्त्रीसहित १५ मन्त्रीले लिए शपथ

काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा गठन गरिएको मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १५ जना मन्त्री समावेश छन्।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

मन्त्रिपरिषद्मा अर्थमा डा. स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमा सुनिल लम्साल, ऊर्जा तथा जलस्रोतमा विराज भक्त श्रेष्ठ, संस्कृति तथा पर्यटनमा बद्रीराज पाण्डे, शिक्षा तथा विज्ञानमा सुमित्रा पोखरेल नियुक्त भएका छन्।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामा निशा महता, सञ्चार तथा सूचना प्रविधिमा डा. विक्रम तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमा प्रतिमा रावल, कानुन, न्याय तथा संसदीय मामिलामा सोविता गौतम, कृषि तथा पशुपन्छी विकासमा गीता चौधरी, श्रम तथा रोजगारमा दीपक कुमार साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी नियुक्त भएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सरकार गठनसँगै कार्यविभाजनसमेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया