ताजा समाचार

डोल्पामा शान्तिपूर्ण मतदान सम्पन्न, ६६.१६ प्रतिशत मत खस्यो

विष्णुप्रसाद देवकोटा

प्रतिनिधि सभा सदस्य निर्वाचन डाेल्पामा  उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। बिहीबार जिल्लाभरका मतदान केन्द्रमा स्वच्छ, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो।

जिल्लामा रहेका स्थायी र अस्थायी गरी कुल ७० मतदान केन्द्रमा मतदान भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्। उनका अनुसार डोल्पामा कुल ६६.१६ प्रतिशत मत खसेको छ। मुचुल्का उठाउने काम जारी रहेकाले अन्तिम विवरणमा केही थपघट हुन सक्ने उनले बताइन्।

संख्यात्मक हिसाबले जिल्लामा १५ हजार ९ सय ५६ मत खसेको छ। कुल २४ हजार १ सय १५ मतदाता रहेको डोल्पामा ८ हजार १ सय ५९ मत भने खसेन।

विशेषगरी उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा ५० प्रतिशतभन्दा कम मत खसेको बताइएको छ। हिमपातका कारण त्यहाँका धेरै मतदाता मतदान केन्द्रसम्म पुग्न नसक्दा मतदान प्रतिशत कम भएको हो।

हाल सबै मतदान केन्द्रबाट मुचुल्का उठाउने काम भइरहेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया