ताजा समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिपुराकोटबाट पक्राउ

डोल्पा । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय डोल्पाले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जिल्ला अदालत डोल्पाबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका त्रिपुरासुन्दरी नगरपालिका–२ का ४३ वर्षीय टंकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको प्रेस नाेटबाट जानकारी गराएकाे छ ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा थापालाई २०८३ असोज १२ गते त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बजारबाट रीतपूर्वक पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका थापामाथि जिल्ला अदालत डोल्पाबाट सात दिनको म्याद थप अनुमति लिई बैंकिङ कसुरसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीको खोजतलासका क्रममा उनलाई पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया