ताजा समाचार
संगठन भन्दा ब्यक्ति ठुलाे हुने डाेल्पाकाे राजनीति

डोल्पा समानुपातिक मतगणना:एमाले पहिलो, प्रत्यक्षतर्फ भने ‘तारा’ विजयी

विष्णुप्रसाद देवकोटा

डाेल्पा।प्रतिनिधि सभा निर्वाचनअन्तर्गत डोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। अन्तिम परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) पहिलो स्थानमा रहेको छ।

समानुपातिकतर्फ एमालेले ४ हजार १ सय ४४ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी ले ४ हजार ७ मत ल्याएर दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ले ३ हजार १ सय २ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस ले २ हजार ५ सय ९५ मत प्राप्त गरेको छ।

अन्य दलतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टी ले २ सय ८९, राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ सय ३४ र श्रम संस्कृति पार्टी ले ७२ मत प्राप्त गरेका छन्।

तर, समानुपातिकतर्फ अग्रता लिएको एमाले प्रत्यक्षतर्फ भने विजयी हुन सकेन। डोल्पामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार तारा चिन्हबाट चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवारसँग पराजित भएका हुन्।

यसले डोल्पाका मतदाताले प्रत्यक्ष र समानुपातिक मतदानमा फरक–फरक राजनीतिक छनोट गरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया