ताजा समाचार

निर्वाचन मैदानमा एमाले डाेल्पा,विशाल राेकायाकाे नेतृत्वमा युवा परिचालन टोली गठन

विष्णु देवकोटा ।

आगामी निर्वाचनलाई निर्णायक बनाउने रणनीतिसहित नेकपा (एमाले) ले युवा शक्ति प्रत्यक्ष मैदानमा उतारेको छ। उम्मेदवार लंकबहादुर रोकायाको विजय सुनिश्चित गर्ने लक्ष्यसाथ राष्ट्रिय युवा संघको अगुवाइमा ‘विशेष युवा परिचालन टोली’ गठन गरिएको हो।

विहिवार सदरमुकाम दुनैस्थित पाटी कार्यालयमा समसामयिक विषयमा बसेकाे जिल्ला कमिटी बैठकले युवा परिचालन विशेष समिति गठन गर्ने निर्णय गरेकाे हाे ।

राष्ट्रिय युवा संघका अध्यक्ष विशाल रोकाया सह संयाेजक रहेकाे पण्डब महताराकाे नेतृत्वमा गठन गरिएको १० सदस्यीय टोलीलाई चुनावी अभियानको अग्रपंक्तिमा राखिएको छ।युवा परिचालन विशेष समितिका सदस्यहरूमा जनक कार्की, कृष्ण रोकाया, सुकराज बुढा, प्रताप कार्की, सुजन बुढा, बिमान रोकाया, माधव रोकाया र बलिराम बुढा रहेकाे सहसंयाेजक विशाल राेकायाले बताए ।नेकपा एमालेका अनुसार यो टोली केवल प्रचार–प्रसारमा सीमित नरही विपक्षी राजनीतिक प्रभाव तोड्ने, जनमत निर्माण गर्ने र संगठनात्मक सञ्जाललाई सक्रिय बनाउने जिम्मेवारीसहित परिचालित हुनेछ।

सहसंयोजक विशाल रोकाया र संयोजक पण्डप महताराको नेतृत्वमा गठित टोलीमा अनुभवी तथा सक्रिय युवा नेताहरूलाई समेटिएको छ। पार्टीले यस टोलीलाई ‘निर्वाचन जितको फौज’का रूपमा प्रस्तुत गर्दै घर–घरमा एमालेको सन्देश पुर्‍याउने अभियान तीव्र बनाइने जनाएको छ।

एमालेले युवामार्फत राजनीतिक धार तेज पार्दै विपक्षी दलको चुनावी भ्रम चिर्ने र मतदातालाई परिणाममुखी नेतृत्वको पक्षमा उभ्याउने स्पष्ट संकेत दिएको छ।

तपाईको प्रतिक्रिया