ललितपुरबाट १४ वर्षीय किशोर रबिन बुढामगर बेपत्ता भएका छन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२, रल्ली गाउँ स्थायी घर भएका रबिन अध्ययनका लागि ललितपुरको सानेपामा बस्दै आएका थिए।
परिवारका अनुसार उनी एक्कासी सम्पर्कविहीन भएको आज छ दिन बितिसक्दा पनि कुनै अत्तोपत्तो लागेको छैन। उनका बुवा राजिमान बुढामगरले छोरा हराएपछि आफन्त र चिनेजानेकासँग खोजी कार्य तीव्र बनाइएको बताए पनि हालसम्म ठोस जानकारी प्राप्त हुन सकेको छैन।
रबिनलाई कतै देख्नुभएमा वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन वा ९७४२४६८२९५ र ९८४८३६६५९३ नम्बरमा सम्पर्क गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

डोल्पा न्यूज । ७ फाल्गुन २०८२, बिहीबार २२:५७