ताजा समाचार

गणतन्त्र दिवसको पुर्वसन्ध्यामा दुनै बजारमा सरसफाइ

डोल्पा — गणतन्त्र दिवसको पुर्वसन्ध्यामा जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा सदरमुकाम दुनै बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाको नेतृत्वमा गरिएको कार्यक्रममा कालिका मन्दिर, सन्तोषीमाता मन्दिर, बसपार्क लगायत बजार क्षेत्र सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
यसैबीच, गणतन्त्र दिवस मनाउने दिन शुक्रबार जिल्ला समन्वय समितिको प्राङ्गणबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया