ताजा समाचार

डाेल्पाकाे लासिक्याप–सिसौल खण्ड निर्माण प्रक्रिया अगाडि  बढाउन राजधानीमा  छलफल

विष्णुप्रसाद देवकोटा

डोल्पा । भेरी करिडोर अन्तर्गत लासिक्याप–सिसौल सडक खण्ड निर्माण प्रक्रिया अघि बढाउने विषयमा राजधानीमा  उच्चस्तरीय छलफल भएकाे छ ।

कडाचट्टानी भूभाग र भिरालो  मानिएको सडक खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णयसंगै कार्यान्वयन प्रक्रिया कसरी सुरु गर्ने भन्नेमा मुख्य रूपमा छलफल केन्द्रित भएको बताइएको छ ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईं, प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा, सडक विभागका महानिर्देशक डा. विजय जैसी तथा नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागितामा निर्माण प्रक्रिया, समन्वय र कार्यविधि टुंग्याउने दिशामा प्रारम्भिक छलफल भई सहमति जुटाइएको डाेल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले जानकारी दिए।

चैत १ गतेकाे मन्त्रिपरिषद्को निर्णयअनुसार करिब ३३ किलोमिटरको उक्त खण्ड नेपाली सेनामार्फत निर्माण गरिने निर्णय सरकारले गरेकाे थियाे ।

सांसद बुढाले डोल्पाली जनताको ‘लाइफलाइन’का रूपमा रहेको सडक निर्माण प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै छिटो कार्यान्वयनमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया