ताजा समाचार

अर्धकट्टीसहित ७ मतपत्र भेटिएपछि राेकिएकाे डाेल्मपाकाे मतगणना अझै शुरु भएन

विष्णुप्रसाद देवकोटा 

डोल्पा । डोल्पाको काइके गाउँपालिका वडा नं. ४ र ५ का मतपेटिका घोप्ट्याएर मतगणना गर्ने क्रममा ७ वटा मतपत्रका अर्धकट्टी (स्टब) सहितका मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ।

अर्धकट्टीसहितका मतपत्र मतपेटिकामा भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि बिहान ६ बजेदेखि  मतगणना रोकिएको हो।उक्त घटना सुनियोजित र जालसाजीपूर्ण ढंगले मतपेटिकामा मतपत्र हालिएको नेकपा एमालेका उम्मेदवार लंक राेकायाले दावि गरेका छन । घटनापछि नेकपा एमाले, राप्रपा र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरुले अर्धकट्टीसहितका मतपत्र योजनाबद्ध रूपमा खसालिएको आरोप लगाउँदै कानुनी उपचारमा जाने बताएका छन्।

यता, रोकिएको मतगणना कहिले सुरु हुन्छ भन्नेबारे मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले निर्वाचन निर्देशिका अनुसार प्रक्रिया अगाडि बढाइने बताए। उनका अनुसार समस्या समाधानका लागि राजनीतिक दलहरूसँग छलफल भइरहेको छ।

निर्वाचन निर्देशिकाको दफा १८ अनुसार, मतदातालाई मतपत्र दिँदा भूलवश अर्धकट्टीसहित मतपत्र दिइएको अवस्थामा मतदानका क्रममा त्यस्तो मतपत्र च्यातिएको अवस्थामा भेटिए पनि अर्धकट्टीलाई अलग गरी सुरक्षित रूपमा राख्ने र मतपत्रलाई अन्य मतपत्रसँगै चाङमा मिलाएर गणना गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। साथै अर्धकट्टीलाई भने सुरक्षित रूपमा राखेर गणनामा समावेश नगरिने व्यवस्था निर्देशिकामा गरिएको छ।

यसै निर्देशिकाअनुसार मतपत्रको अवस्था स्पष्ट बुझिने भएमा त्यस्ता मतपत्र गणना गर्न सकिने प्रावधान रहेको बताइएको छ।

हाल दलहरूबीच सहमति जुटाउने प्रयास जारी रहेकाले मतगणना पुनः सुरु गर्नेबारे निर्णय हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको

तपाईको प्रतिक्रिया