विष्णुप्रसाद देवकोटा
डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका–४, रंगमानस्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार साउन ३ गते वन क्षेत्रमा नियमित सुरक्षा निगरानीका क्रममा झाडीभित्र लुकाइएको अवस्थामा उक्त बन्दुक फेला परेको हो।
फेला परेको बन्दुक कसको हो, कुन प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो र कसरी सामुदायिक वन क्षेत्रमा पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए।
डोल्पामा प्रहरी उपरीक्षक अनिलराज गिरीको नेतृत्वमा सुरक्षा निगरानी र परिचालनलाई थप प्रभावकारी बनाइएसँगै अवैध गतिविधि, तस्करी तथा शान्ति सुरक्षासँग सम्बन्धित विषयमा सुरक्षा निकायले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।
रंगमानको सामुदायिक वनमा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ३ श्रावण २०८३, आईतवार १४:२०