विष्णुप्रसाद देवकोटा
२०८२ चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा हिमाली जिल्ला डाेल्पाबाट ६ सय ७४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
यस वर्ष डोल्पा जिल्लाका चार वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिदै छन ।
सरस्वती माध्यमिक विद्यालय दुनै, परीक्षा केन्द्रमा विभिन्न विद्यालयका गरी २ सय ११ जना विद्यार्थीले परीक्षा दिने छन ।यस केन्द्रमा प्राविधिक धारतर्फ त्रिपुरा मावि काइगाउँका १९ जना, जनप्रभा मावि लिकुका २० जना तथा कालिका मावि कालिकाका १८ जना विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै साधारण धारतर्फ आदर्श मावि जुफालका ८१ जना, तापरिचा मावि फोक्सुण्डोका १७ जना र कृष्टल माउन्टेन मावि धोका २२ जना विद्यार्थी रहेका छन्। अरनिको मावि शहरताराबाट प्राविधिक तथा साधारण दुवै धारका गरी ३४ जना विद्यार्थी परीक्षा दिनेछन्।यसैगरी
आदर्श माध्यमिक विद्यालय जुफाल ,परीक्षा केन्द्रबाट कूल १ सय ७६ जना विद्यार्थीले परीक्षा दिने भएका छन ।आमाबि जुफाल केन्द्रबाट सरस्वती मावि दुनैका ५० जना, जनप्रभा मावि लिकुका ५० जना, सरस्वती मावि सुँका ४८ जना, विध्यामन्दिर माविका १६ जना, सरस्वती मावि दुनै (खुला) का ३ जना तथा लक्ष्मी मावि थरगाउँका ९ जना विद्यार्थीले परीक्षा दिनेछन्।
त्यसैगरी जनप्रभा माध्यमिक विद्यालय, लिकु परीक्षा केन्द्रमा कूल १ सय ५६ जना विद्यार्थी सहभागी हुनेछन्। यस केन्द्रमा त्रिपुरा मावि काइगाउँका ३४ जना, त्रिपुराकोट मावि मदुका ५० जना, मुकुटेश्वर मावि ल्हाँका ३४ जना, त्रिपुरा मावि काटियाचौरका १२ जना र कस्तुरी मावि पहाडाका २६ जना विद्यार्थी रहेका छन्।
त्रिपुरा माध्यमिक विद्यालय, काइगाउँ परीक्षा केन्द्रमा कूल १ सय ३१ जना विद्यार्थी परीक्षा दिनेछन्। यहाँ कालिका मावि कालिकाका ४२ जना, अन्नपूर्ण मावि सर्मीका ३० जना, मालिका मावि नर्कुका २३ जना तथा भगवती मावि झ्याकोटका ३६ जना विद्यार्थी सहभागी हुनेछन्।
जिल्लाभरका यी चार परीक्षा केन्द्रमा एसइइ परीक्षाको तयारी अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापनका कामसमेत अघि बढाइएको शिक्षा समन्वय तथा इकाई कार्यालय प्रमुख डाईमण्ड जी पुनले बताए ।

डोल्पा न्यूज । २ चैत्र २०८२, सोमबार २०:१५