ताजा समाचार

✍️ सम्पादकीय: नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना

✍️ सम्पादकीय: नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण पाठकवृन्द, शुभेच्छुक, विज्ञापनदाता तथा आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
ऋतम्भरा मिडिया प्रा.लि. द्वारा सञ्चालित डोल्पा न्यूज (www.dolpanews.com⁠) सधैंझैँ सत्य, निष्पक्ष र विश्वसनीय सूचनाको सेतु बन्ने हाम्रो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौँ। यहाँहरूको विश्वास, साथ र मायाले नै हामीलाई निरन्तर जिम्मेवार र जनउत्तरदायी पत्रकारितातर्फ प्रेरित गर्दै आएको छ।
नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र होइन, नयाँ सोच, नयाँ संकल्प र सकारात्मक रूपान्तरणको सुरुवात पनि हो। यस अवसरमा हामी सबैले आ–आफ्नो ठाउँबाट समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने अठोट गरौँ। डोल्पाको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा थप एकजुट भएर अघि बढौँ।
आगामी दिनहरूमा पनि हामी जनताको आवाज बन्ने, सत्यलाई उजागर गर्ने र विकासका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्नेछौँ। यहाँहरूको अमूल्य सुझाव र साथले हाम्रो यात्रालाई अझ सशक्त बनाउने विश्वास लिएका छौँ।
नयाँ वर्ष २०८३ ले सबैमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् भन्ने कामना।
– सम्पादक
डोल्पा न्यूज

तपाईको प्रतिक्रिया