दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप दैलेखको भैरवी गाउँपालिका–७ कालिगौडा स्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब १२:५५ बजे गुडिरहेको अवस्थामा जिपको अचानक ब्रेक फेल भएपछि सडकबाट अन्दाजी ३०० देखि ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ भने ३ जनाको उद्धार कार्य जारी रहेको दैलेख प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
ब्रेक फेल हुँदा बोलेरो जिप दुर्घटना, ८ जना घाइते
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १८ जेष्ठ २०८३, सोमबार १४:५५