लालबहादुर बुढा
सर्मि,डोल्पा ।हिमाली जिल्ला डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा शैक्षिक वर्ष २०८२ को पालिका स्तरीय वार्षिक परीक्षा आजदेखि सञ्चालनमा आएको छ।बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको हाे।
गाउँपालिकाभरिका विभिन्न विद्यालयका कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरू निर्धारित परीक्षा केन्द्रमा सहभागी भएका छन्।
रारा आधारभूत विद्यालय ओकट र चन्दनाथ आधारभूत विद्यालय होर्तका कक्षा ५ र ८ का विद्यार्थीहरूले अन्नपूर्ण मावि, सर्मी परीक्षा केन्द्रमा परीक्षा दिएका छन्। त्यसैगरी अन्नपूर्ण मावि सर्मी र डाँफे आधारभूत विद्यालय सुरमा अध्ययनरत विद्यार्थीहरूले नर्कु मालिका मावि परीक्षा केन्द्रमा परीक्षा दिएका छन्।
यस्तै मालिका माविमा अध्ययनरत कक्षा ५ र ८ तथा कालिका साधारण तथा प्राविधिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरूले इल भानु आधारभूत विद्यालयमा परीक्षा दिएका छन्।
भोटगाउँस्थित सूर्यदय आधारभूत विद्यालय र रिडिङ नवज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूले कालिका मावि परीक्षा केन्द्रमा परीक्षा दिएका छन्।गाउँपालिकाभर कुल २८९ जना विद्यार्थी परीक्षा सहभागी भएका छन्।
परीक्षा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र चैत १२ गतेसम्म परीक्षा सञ्चालन हुने नर्कु मालिका माविका प्रधानाध्यापक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

डोल्पा न्यूज । ५ चैत्र २०८२, बिहीबार १८:४७