ताजा समाचार
विशेष अदालतकाे फैशला

त्रिपुरासुन्दरी भ्रष्टाचार : तत्कालीन प्रशाकीय प्रमुख सहितका तीनलाई २ वर्ष कैद

काठमाडौँ । विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा भएको भ्रष्टाचार मुद्दामा तीन जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र कर्ण बहादुर कार्कीलाई जनही २ वर्ष कैद तथा १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना गर्ने निर्णय गरेको हो।
यस्तै, निर्माण व्यवसायीका तर्फबाट दिव्य निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपानेलाई पनि सोही अवधिको २ वर्ष कैद र सोही बराबरको जरिवाना हुने ठहर गरिएको छ। दिव्य निर्माण सेवा (फर्म) लाई भने कैद सजाय नहुने र जरिवाना मात्र लाग्ने अदालतले स्पष्ट पारेको छ।
अदालतले प्रतिवादीहरूबाट हानी–नोक्सानी बराबरको बिगो रकम जनही १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा असुल गरी त्रिपुरासुन्दरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिएको छ।
साथै, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ अनुसार पीडित राहत कोषमा जनही ४३ हजार २ सय ७८ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत बुझाउनुपर्ने फैसलामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया