ताजा समाचार

डाेल्पाकाे जगदुल्लामा चोरी–सिकार नियन्त्रणका सम्बन्धि  क्षमता विकास कार्यक्रम सम्पन्न 

गगन लामा

जगदुल्ला(डाेल्पा) — शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत सुलिगाड कार्यालयको आयोजनामा समुदायमा आधारित चोरी–सिकार विरोधी एकाइ परिचालनसम्बन्धी एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

जगदुल्ला गाउँपालिका–३, थापागाउँमा आयोजित उक्त कार्यक्रममा स्थानीय चोरी–सिकार नियन्त्रण समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चोरी–सिकार नियन्त्रणसम्बन्धी प्रचलित नियम, कानुन, समितिको भूमिका तथा अधिकारका विषयमा विस्तृत सहजीकरण गरिएको थियो। साथै समुदायस्तरमै संरक्षण गतिविधि प्रभावकारी बनाउने, वन्यजन्तु संरक्षणमा स्थानीयको जिम्मेवारी अभिवृद्धि गर्ने तथा चोरी–सिकार न्यूनीकरणका उपायहरूबारे छलफल गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले स्थानीय तहमा संरक्षण सचेतना अभिवृद्धि गर्नुका साथै समुदाय र निकुञ्जबीच सहकार्य मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया