ताजा समाचार

बैंकिङ कसूर मुद्दामा नेपाली कांग्रेस डोल्पाका उपसभापति शाही पक्राउ

विष्णुप्रसाद देवकोटा
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तथा नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर शाही पक्राउ परेका छन्।
नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी पूर्ण बहादुर शाही भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
फैसला पश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट बजारबाट पक्राउ गरेको जनाएको छ।
डोल्पा जगदुल्ला गाउँपालिका–२ निवासी शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।जिल्ला अदालत डाेल्पामा पनि शाही विरुद्ध दस लाखकाे बैकिङ कसुर मुद्दा छ ।

उनी विरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा उजुरी दर्ता गराएका छन ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी टाेपेन्द्र बुढामगरले मुद्दा अदालतमै विचाराधीन भएकाले अदालतमै बुझाइएकाे जानकारी दिए ।
नेपालमा बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतबाट सजाय ठहर भएका फरार प्रतिवादी पक्राउ गर्ने क्रम पछिल्ला वर्षहरूमा तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया