डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ करवगार्डबाट लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय करवगार्डबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बिहीबार १५ गते साँझ करिब ४ः३० बजे शंकास्पद अवस्थामा हिँडिरहेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय रबिलाल बि.क.लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कानुनबमोजिम तलासी लिँदा उनको साथबाट ८२ मिलिग्राम लागूऔषध चरेसजस्तो देखिने पदार्थ फेला परेको थियो।
पक्राउ परेका बि.क.लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक पदम रावलले बताए ।

डोल्पा न्यूज । १६ आश्विन २०८३, शुक्रबार ०९:३६