डोल्पा ।आवश्यक कागजातबिना अवैध रूपमा डोल्पातर्फ ल्याइँदै गरेका १६ वटा गाईगोरुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका–१ चुँगार्ड नजिकैबाट १६ वटा गाईगोरुसहित जाजरकोटको नलगाड नगरपालिका–१२ का ३६ वर्षीय ओगबीर विक र सोही ठाउँका अन्दाजी ४२ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरी टोलीले आवश्यक कागजातबिना पशु चौपाया डोल्पातर्फ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
नियन्त्रणमा लिइएका गाईगोरु तथा दुवै जनालाई आवश्यक कारबाहीका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय, दुनै डोल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए।
जाजरकोटका दुई जना १६ गाईगोरुसहित प्रहरी नियन्त्रणमा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । १५ आश्विन २०८३, बिहीबार १५:४१