काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले इसिडी शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गरिने बताएका छन । मन्त्रालयले प्रस्तुत गरेको ‘तत्काल सुधार गर्नुपर्ने एजेण्डा’मा उक्त विषय समेटिएको हो।
मन्त्रालयद्वारा तयार पारिएको एजेण्डाको ६ नम्बर बुँदामा इसिडी शिक्षक र विद्यालय कर्मचारीको मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
अहिले देशभर ३० हजार ५ सय ३१ जना इसिडी शिक्षक तथा ३३ हजार ४५ जना विद्यालय कर्मचारी कार्यरत रहेको मन्त्रालयले जनाएको छ। उनीहरूको पारिश्रमिक वृद्धि सम्बन्धी माग लामो समयदेखि उठ्दै आएको प्रमुख मुद्दामध्ये एक हो।
मन्त्री पोखरेलले मन्त्रालयका सबै एजेण्डा आफ्नो प्राथमिकतामा रहेको स्पष्ट गर्दै सरोकारवालासँग छलफल गरी आवश्यक निर्णय प्रक्रियालाई अगाडि बढाइने बताएका छन्।

डोल्पा न्यूज । १७ चैत्र २०८२, मंगलवार ०५:४२