डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ। स्वास्थ्य शाखाको आयोजनामा चैत्र १९ गते देखि शुरु भएर २० गते सम्पन्न भएकाे हाे ।
समीक्षा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य सेवा कार्यालय डोल्पाका चिकित्सक, स्याक नेपाल का प्रतिनिधि, एमडिआई नेपालका संयोजक, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्यकर्मीहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा गत अर्धवार्षिक अवधिमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको स्वास्थ शाखा संयाेजक तुलबहादुर श्रेष्ठले बताए ।
स्वास्थ्य शाखाले कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ।

डोल्पा न्यूज । २० चैत्र २०८२, शुक्रबार १७:४१